पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु

लोकखबर
१६ श्रावण २०७७, शुक्रबार १५:४३

मकवानपुर । पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।

ललितपुरकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार (आज) मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार स्टार अस्पताल सानेपामा उपचार क्रममा गत असार ६ गते
कोरोना पोजिटिभ देखिएपछि उनलाई पाटन अस्पतालमा रिफर गरेको थियो ।ती संक्रमित महिलामा निमोनियाको समस्या देखिएको अस्पतालले जनाएको छ ।

अहिले उनको शव अस्पतालमै रहेको र आजै सेनाले व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*