सुनको मूल्य प्रतितोला लाख पुग्न ४ सय बाँकी, चाँदीको भाउ पनि ३० रुपैयाँले बढ्यो

लोकखबर
१८ श्रावण २०७७, आईतवार ११:२७

मकवानपुर । सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाउँदै आएको छ । साताको पहिलो दिन आज (आइतबार) छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९९ हजार ६०० रुपैयाँमा करोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावाल सुनसँगै तेजाबी सुनको मूल्य पनि प्रतितोला २९५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ९८ हजार ८६५ रुपैयाँमा कारोबार भएको तेजाबी सुन आइतबार प्रतितोला ९९ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार घटेको चाँदीको भाउ आइतबार (आज) भने बढेको छ । बिहीबार १२२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी शुक्रबार भने २५ रुपैयाँ घट्दै १२०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १२३० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*