वीरगन्जमा दुई चिकित्सकसहित थप ७० जनामा कोरोना

लोकखबर
२७ श्रावण २०७७, मंगलवार १०:२५

मकवानपुर । वीरगन्जमा दुई चिकित्सकसहित थप ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पीसीआर परिक्षणमा २२ महिला र ४८ जना पुरुष गरी ७० जनामा संक्रमण देखिएका अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा। मदन उपाध्यायले जानकारी दिए ।

उनका अनुसार संक्रमितहरु चारजना बाराका र ६६ जना पर्साका विभिन्‍न वडाका छन् ।

संक्रमित हुनेमा ३ वर्षीय बालकदेखि ८६ वर्षीय वृद्धासम्म रहेको उपाध्यायले जानकारी दिए । नेसनल मेडिकल कलेजका दुई चिकित्सकमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*