गजल

रुबिना शर्मा
१९ भाद्र २०७७, शुक्रबार १३:३८

सत्य तितो हुन्छ तर लुकाउन सक्दिन म ।
स्वाभिमानले उठ्ने नजर झुकाउन सक्दिन म।।

खुला हिंड्छन् बलात्कारी पाउंछन् ठुला ठुला ओत।
डरको बिउ मनमा राखी हुर्काउन सक्दिन म।।

सहि कुरा सहि भन्छु, लड्न परे लड्छु बरु
बिस्कुन जस्तै घाममा कुरा सुकाउन सक्दिन म।।

बदलिन्छ कहानी त्यो सानो एक बोत्तल एसिडले।
अपराधीलाई जित्यौ भन्दै फुर्काउन सक्दिन म।।

छोरीभित्र संसार देख्ने बिरलै नै हुन्छन् यहाँ ।
बाआमाको मायाको ऋण चुकाउन सक्दिन म।।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*