कविता : हराउदै गरेको मानवता !
मृत्युको सामु लड्छु अनि सङ्कट पनि भोग्छु भनि जन्मिए
साथै सर्वाेत्कृष्ट भइ यस संसारमा प्राणिहरुकाे सामु चिनिए
कोपिला देखिनै फूल भइ फक्रन पर्थ्यो उनि
तर
आज जरा देखि नै काडा पो भएका छन्
आफ्नाको निम्ति मात्रै लागि पर्ने रे
अरुलाइ त तुच्छ व्यवहार गर्ने अरे
कस्तो कलियुग आएछ यहाँ
मानव मानव बिच पनि भेट्टिदैन मानवता जहाँ
चिल्लो गाडी अनि सुट पाइन्टमा हिंड्छन्
सडककाे छेउमा बसि पिल्पिल आशु झार्नेको मर्म बुझ्दैन्न
सुख छ भन्दैमा अरुलाई किन हेप्नु र!
सुख अनि दु:ख अवश्य आउँछ नि घुमेर!