रूपन्देहीका कोरोना संक्रमित पुरूषको उपचारका क्रममा मृत्यु
मकवानपुर । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय पुरुषको बिहीबार राति ११:५० बजे मृत्यु भएको हो ।
असोज ११ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेका ती पुरुष स्वास्थ्यमा थप समस्या भएपछि असोज १३ मा अस्पताल भर्ना भएका थिए ।
अस्पताल भर्ना भएदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।खबरहब डटकमबाट