नेपाल एयरलाइन्सलाई हङ्‍कङले गर्‍यो कारबाही, दुई साता उडान भर्न नपाउने

लोकखबर
२० आश्विन २०७७, मंगलवार १५:३१

मकवानपुर । हङ्‍कङले नेपाल एयरलाइन्सलाई कारबाही गरेको छ । नेपाल एयरलाइन्सको विमानबाट २ अक्टोबरमा हङ्‍कङ पुगेका पाँच यात्रुमा कोरोना भाइरसको पुष्टि भएपछि हङकङले कारबाही गरेको हो ।

हङ्‍कङले दुई साताका लागि नेपाल एयरलाइन्सलाई उडान गर्न रोकेको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् । हङ्‍कङले उडान रोकेका कारण दुई साताका लागि तय भएको एयरलाइन्सको दुईवटा उडान प्रभावित हुने भएको छ ।

प्रवक्ता खड्काले निगमको विमानमार्फत हङ्‍कङ गएका सबै यात्रुको कोरोनाको पीसीआर रिपोर्ट हेरेरै पठाइएको पनि बताइन् । “हामीले पीसीआर रिपोर्ट हेरेरै उडाएका थियौं । तर, एयरपोर्टमा पुगेपछि कोरोना परीक्षण गर्दा पोजेटिभ आएछ,” उनले भनिन् । सोही कारण एयरलाइन्स कारबाहीमा परेको हो । नेपालबाट ७२ घण्टा अगाडिसम्मको पीसीआर रिपोर्ट देखाए हङ्‍कङ जान पाइने प्रावधान थियो । सोही प्रावधानअनुसार यात्रु उडाएको तर पछि कोरोना देखिएपछि एयरलाइन्स कारबाहीमा परेको हो ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*