रिक्त मन्त्रालयमा तत्काल मन्त्री नियुक्त गर्ने, पुनर्गठन तिहारपछि

लोकखबर
२२ आश्विन २०७७, बिहीबार १४:४९

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रिक्त रहेका मन्त्रलायमा तत्कालै मन्त्री नियुक्त गर्ने तयारी गरेको छ । नेकपाका दुई अध्यक्षबीच यस विषयमा पटक पटक कुराकानी भएको स्रोतले जानकारी गराएको छ । बिहीबार पनि दुईजना अध्यक्षबीच छलफल भएको छ । छलफलका क्रममा खाली रहेका मन्त्रालयमा तत्कालै मन्त्री नियुक्त गर्ने र बाँकी काम तिहारपछि गर्ने कुराकानी भएको स्रोतले जानकारी गराएको छ ।

स्रोतका अनुसार विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठलगायतका नेताहरुको नाम अहिले चर्चामा छ । पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइने तयारी छ भने श्रेष्ठलाई सहरी विकास मन्त्रालय दिने तयारी छ । यसअघि सुरेन्द्र पाण्डेलाई सहरी विकास मन्त्रालय दिने भनिए पनि पाण्डेले भने अर्थ मन्त्रालय नपाएसम्म आफू सरकारमा नजाने बताएका थिए ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*