मकवानपुरमा थप ७९ जनालाई कोरोना
मकवानपुर । मकवानपुरमा आज (बुधबार) विहान ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
असोज २५ गते संकलन गरिएको स्वाबको परिक्षण रिर्पोट अनुसार ५३ पुरुष र २६ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका, आर्युवेद तथा जनस्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए ।
संक्रमितमध्ये ३ जना मकवानपुर बाहिरका रहेको,मकवानपुरगढी गाउँपालिकाका २ जना र बकैया गाउँपालिकाको एक जना रहेका छन् ।
असोज २५ गते लिइएको स्वाबको हिजो एकाविहानै सार्वजनिक रिर्पोटमा १ सय २५ जनामा कोरोना संक्रमण देखिएको थियो ।