गण्डकीमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, मृत्यु हुने ५५ पुगे
मकवानपुर ।पछिल्लो अध्यावधिक विवरणअनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६०१८ पुगेको छ । लाइफ केयर डाइग्नोस्टिक एन्ड रिसर्च प्रालि पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा ४२ संक्रमित थपिएका हुन् ।
सबै संक्रमितलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।
यसैबीच कास्कीको पोखरा महानगरपालिका २२ का ४४ वर्षीय पुरुषको आज बिहान ११:५५ बजे गण्डकी मेडिकल कलेज, पोखरामा मृत्यु भएको छ । उनमा हिजो मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोभिड-१९ सहित निमोनियाँ, श्वासप्रश्वाससम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ । बाह्रखरी डटकमबाट