किशोरीको ज्यान लिएको चितुवालाई स्थानीयले मारे

लोकखबर
२५ कार्तिक २०७७, मंगलवार १३:३१

मकवानपुर । डडेल्धुरामा किशोरीको ज्यान लिएको चितुवालाई स्थानीयले मारेका छन् ।

बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महतको ज्यान लिएको चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कणसिंह साउँदले बताए ।

चितुवाले मायाको शव खाइरहेको अवस्थामा स्थानीयहरुले सोमबार साँझ ५ बजेतिर ढुंगामुढा र घरेलु हतियार प्रहार गरेर चितुवा मारेको साउदले जानकारी दिए ।

सोमबार घाँस काट्न सीमा क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका- १ मर्मागाड पुगेकी किशोरीको दिउँसो साढे २ बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो ।खबरहब डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*