के हो कम्युनिष्ट पार्टी ?
कम्युनिष्ट पार्टी केलाई भनिन्छ ? कम्युनिष्ट पार्टी कस्तो हुन्छ । कम्युनिष्ट नै किन चाहियो ? कम्युनिष्ट पार्टी नभएको देश पनि होला या नहोला । कसका लागि कम्युनिष्ट चाहिन्छ भन्ने छ । नेपालमा कम्युनिष्ट पार्टी बनेको त छैन । नाम चाहि छ । कतिले के गरे । कसले के गरे त्यो ईतिहास छदैछ ।
पार्टी किन चाहियो ? नभएनि हुन्छ कि हुदैन । आदि ईत्यादि बारेमा लामो बहस होला । तर नेपालमा कम्युनिष्ट पार्टीलाई बढि किन रुचाउँछन् भन्ने छ । गरिव, पिडित उत्पीडित भएको ठाउँमा विशेषगरि बढि फस्टाउछ कम्युनिष्ट पार्टी । अमेरिका वेलायत जस्ता देशमा कम्युनिष्ट पार्टी चाहिन्छ कि चाहिदैन भन्ने पनि छ । मानिसको जिवनसँग सम्बन्धीत हुन्छ राजनीति । अब राजनिति कहाँबाट आयो भन्ने पनि छ । किन चाहियो राजनीति । जंगलमा जनावरको राजनिति हुन्छ । हुदैन । मानिसमा मात्र हुन्छ त यस्तो आवश्यक्ता । धेरै विषय हुन सक्छन् । लेख लेख्नेले जाबो २ पेजमा कति लेख्नु । लेख्न त मन हुन्छ । पढनेले पढन पनि प¥यो । लेखेको मन नपर्ने पनि हुन्छन् । मन पर्ने पनि हुन्छन । जसलाई चित्त बुझछ उसले मन पराउछ । वर्गीय समाजमा अब फरक त हुन्छ नै ।
स्वार्थ हुन्छ । अनेक स्वार्थ हुन्छ । स्वार्थबाट राजनिति सुरु गरेपछि देश बन्दैन । राजनितिमा निस्वार्थता भएको भए कुनै पनि समाजले दुख पाउदैन । निजी धनमा स्वार्थ होस् केही फरक परेन । परिश्रम गरेर जोडछ भने ठीक छ । तर निस्वार्थ गर्ने ठाउँमा आएर कमाउछ भने त्यो सहन सकिने कुरा भएन । भ्रष्टाचारको कुरा त्यही हो । कुखुरा पालेर कमाओस् न । त्यसलाई कसले विरोध गर्छ र । जब देश लुटछ त्यसलाई किन छाड्ने ।
कयौले यसको निम्तीव साहदात गरे संसारमा । कति कयौ वर्ष जेल बसे । ज्यानको बाजी थापे । तिनलाई धनले किनि दियो । हाम्रो देशमा पनि किनिदियो । अनि उपलब्धी समाप्त पारियो । पार्न लागिएको छ । अनेक जुलुस छ । हिजो व्यवस्था विपरित विरोध गर्न पाईदैनथियो । आज खुलेआम जुलुस छ । कम्युनिष्ट कांग्रेस पनि छन् रे । हिजो परिवर्तन रुचाउने पनि आज उल्टो बाटो हिडन खोजेको सुनियो । देखियो । अझ देख्न पाईन्छ होला । के के देख्न पाईन्छ । त्यो हेरौंला ।
नेपालमा साना मसीना कम्युनिष्ट पार्टी छन् । तिनले के के गरे । गर्न नसकेर बहुमत कहिल्यै नआएसी दुई ठुला पार्टी एक गरियो । लडियो । जितियो । तर जनताले जित्न पर्दथियो । यहाँ भ्रष्टाचारी, कमिसनखोर तस्कर, माफिँयाले जिति रहेको छ । तिनले राम्रा नेता, ईमान्दार कार्यकर्ता समेत किन्न भ्याएको छ । जसरी नि किनेको छ । त्यो अहिले नभनौ । रक्सी खुनाएर होस् या केही दिएर ।
जनताले चाहेको यस्तो थिएन । अब दुई ठुला पार्टी मिले समाजवाद आउने भयो भनेर मरेर चुनावमा प्रचार गरि हिडीयो । हिडे । तर अहिले धिक्कार किन भोट हालिएछ । अब पख भनिरहेका छन् । पार्टीमा पर्न गएको समस्या त्यही हो । बाबुराम सरकारले अनेक निर्णय ग¥यो । ति २१ औं परियोजना थिएँ । आज कसैले धक्कु नलगाए हुन्छ । योजना पेश पहिले नै भै सकेको हुन । लोड सेडिङ कसरी हरायो । त्यो ईतिहास छ । तर जस लिने ठाउँमा दलाली गरिन्छ । जसले ग¥यो त्यसलाई वेवकुफ बनाईन्छ यहाँ ।
रेल आयो । त्रिपाल ओडेर बसेको छ । कर्मचारी, चालक कहाँ खोज्न जाने । यस्तो छ देश । टिकट छापेको छैन । कस्तो छाप्ने ? त्यो मेसिन पनि छैन । हेर्नुस यातायात मन्त्री छ नि त्यो कहाँ छ ? के गरेर बसेको छ । कर्यौ खर्च गरेर रेल ल्याएर थन्काएर राखेको छ । विमानस्थलको कुरा छाडौ । ठेक्काका काम वर्षौ पुरा हुदैन । सडकको दुराअवस्थाले कयौको ज्यान सडकमा गएको छ ।
भुमी सम्बन्धी, वसोवासका कुरा । संविधानमा मौलिक हकका व्यवस्था गर्ने नागरिकका सपना कतां हराए । पद सँग सगै ति हराए । घोषणा पत्र कता गए । संविधानमा भएको नागरिकका नगरि नहुने कर्तव्य कता गए । गरिवका आवस निर्माण हराए । यि र यस्ता कारणले विरोध हुन गएको हो । विरोधको समाना गर्न सक्नु पर्दछ । गर्न नसकिए गर्न सकिएन भन्नु प¥यो । यो कारणले ।
फेरि मिलाउने र फुटाउने सक्रिय भएका छन् । मिलाउछन् कि फुटाउछन वाध्य शक्तिले त्यो उसको काम हो । अव त स्थायी सरकार आयो भनेको त । आफ्नो वहुमतको सरकार छदा छदै प्रतिपक्ष खोज्दै जान थालेसी अब के होला । ज्यान जोगाउन हम्मे छ ।
एक अर्का विचमा बोलचाल समेत छैन । हुनत दुई पार्टी पुर्व र पश्चिम विचार भएका पक्कै हुन् । हिजो मिल्न सकेका थिएनन् । अलि सकस त हुन्छ । विचार विकास हुन पाएको छैन । त्यो महाधिवेशनमा हुने हो । तर कम्तीमा सल्लाह त चाहिन्छ ।
एक्लै हिडने कुरा होईन । विधि र विधान प्रकृया होला । चोरको त विधान हुन्छ भने त्यत्रो पार्टी संचालन त तरिका होला । तरकारी पकाउन कित मिलाएर पकाउन पर्छ । नत्र मिठो हुदैन । भात पनि कति सिटिमा पाक्छ थाहा हुन पर्दछ भने कम्युनिष्ट पार्टी । के मनपरि तरिकाले चल्छ ।
प्रगतिशिलले त मिलेर जाउन भन्ने हो । अब वाघ र चितुवा अनि वाख्राको स्वार्थ मिल्छ त । मिल मिल भनेर हुन्छ । कदापी हुन सक्दैन । अब मिल्न वाख्रा वाख्रा हुन परो । दुईवटा वाघ त मिल्दैनन् । झगडा गर्दछन । महाभारतमा हेर्नुस् न । मिले त । दाजुभाई त मिलेनन् । वर्ग भएको ठाउँमा धनि र गरिव शोषक र शोषित मिल्छ संसारमा । विचार हुन प¥यो । एउटै विचार भए मिल्छ । अब अलि मान अलि प्रतिष्ठा पनि खोज्छन । त्यो मानविय स्वभाव हो । त्याग चाहिन्छ । महात्मागान्धी, रुदाने गौतमबुद्ध गणेशमान आदि संसारमा धेरै त्यागी थिए । कसले त्यागने । किन त्याग्ने । त्यसै त हुदैन ।
जनताका, गरिवका समस्यामा त्याग हुन परो । लुटन लेटेरालाई धन कमाई दिने ठाउँमा बस्न त दिन मिल्दैन । त्यहाँ संघर्ष हुन्छ । हुन पर्दछ । नमिलेको कुरा छ भने ठाउँमा भन्नु परो । वाहिर बतासे ठाउँमा भनेर हुने होइन । ठाउँ होला । ठाउँ कु ठाउँमा भनेर समाधान हुने होइन । सामना गर्नु पर्दछ । कम्युनिष्ट पार्टीमा सहि आलोचना सहन सक्नुपर्दछ । कम्युनिष्ट पार्टीका आफनै आर्दश नियम होलान् । कि त विर्से भन्नु परो । पढ्न परो । अब आर्जनले सबै विर्सन सकिन्छ । आसे पासेले विर्साई दिन सक्छन । विर्से भने समयले सम्झाई दिन्छ । विधि र विधान सुरु होस् भन्ने एकताको कामना ।
रुदानेको एउटा पर्चा है ।
केटाकेटी विग्रे आमा बाबु दोषि, जनता बिग्रे सरकार दोषि ।
सरकार बिग्रे व्यवस्था दोषि, व्यवस्था बिग्रे अगुवा दोषि
अनि, यथार्थमुखी कर्तव्यमुखि बाहेक, पछुवा, भगुवा सारा दोषि
जात ठुलो कि जनता, नता ठुलो कि न्याय ? स्वार्थ ठुलो कि सत्य
व्यक्ति ठुलो कि सिद्धान्त ।
अहिलेलाई यत्ति ।
आज प्रकाशित मध्यस्थता साप्ताहिकमा प्रकाशित लेख