ओलीलाई २० औँ वर्षदेखि विदेशीले हुर्काएका हुन् : प्रचण्ड
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विदेशीले हुर्काएको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ५६ औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा आयोजित ‘नेपाली दलित आन्दोलनको कार्यदिशा’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीलाई २०र२५ वर्षदेखि विदेशीले हुर्काएको बताएका हुन्।
उनले आफूले पहिचानको र दलित आन्दोलनको मुद्दा नछाडेको बताए।
उनले देशी विदेशी शक्तिहरु पहिचान र उत्पीडित वर्गको पहिचान र अधिकार खोस्न लागेको र त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गरिरहेको बताए।
उनले नेपालको राजनीतिमा लोकतान्त्रिक गणतन्त्र, संविधान, समानुपातिक समावेश व्यवस्थालाई निस्तेज पार्न एउटा देशभित्रका हिजोका गणतन्त्रविरोधी, सामन्तवादका दलालहरु, देशबाहिरका प्रतिक्रियावादीहरु लागिरहेको र उनीहरुले त्यसका लागि ओलीलाई प्रयोग गरेको बताएका हुन्।
‘नेपालमा यो संविधानलाई निस्तेज पार्ने मान्छे खोज्दै जाँदा उनीहरुले केपी ओली भेटेका छन्। केपी ओली नै रछ, संविधान, गणतन्त्र र सबै उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग, समूदायका हक अधिकार सिध्याउन सक्ने पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधि र विदेशीको अगाडि सजिलै लम्पार पर्न सक्ने, २० औँ र२५ औँ वर्षदेखि विदेशीले हुर्काएको, पालित पोषित को हो भनेर खोजी गर्दै जाँदा सबैले केपी ओली नै हो भनेका छन्’, अध्यक्ष प्रचण्डले भने, ‘अहिले केपीले प्रतिगामी, निरंकुश, परिवर्तनविरोधी, सारमा संघीय गणतन्त्रलाई नास गर्ने पत्रका रुपमा केपीलाई साथ लिएका छन्, कति दिन लिन्छन् हेर्नुछ।’
उनले अर्को परिवर्तनको धारको आफूले नेतृत्व गरिरहेको दावी गरे। उनले जनताले अहिले आफू कुन धारमा उभिने भन्ने कुराको फैसला गर्नुपर्ने बेला आएको बताए।नेपालखबर डटकमबाट