३३ सय बढी संक्रमित थपिए, १४ को मृत्यु

लोकखबर
१४ श्रावण २०७८, बिहीबार १६:३२

मकवानपुर । पछिल्लो २४ घण्टामा थप १२ हजार दुई सय ४२ जनामा कोरोना परीक्षण गर्दा तीन हजार तीन सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ जना पुगेको छ। त्यस्तै,बिहीबार एक हजार तीन सय ७३ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकाभित्र ८ सय ६० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा पाँच सय ९७,भक्तपुरमा एक सय ८ र ललितपुरभित्र एक सय ५५ जना रहेका छन्।थाहाखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*