निर्मल बहुमुखी क्याम्पस अनेरास्ववियुको अध्यक्षमा पौडेल
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) निर्मल बहुमुखी क्याम्पस पहिलो क्याम्पस सम्मेलन तथा दशैँ, तिहार, छठ पर्वको अवसरमा विषेश शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आज हेटौँडा वडा नम्बर १९ को पार्टी प्यालेसमा भएको कार्यक्रममा निर्मल बहुमुखी क्याम्पस (अनेरास्ववियु) अध्यक्ष रामचन्द्र ब्लोनको सभाध्यक्षता तथा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सन्तोष पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
सो सम्मेलनले सुसन पौडेलको अध्यक्षतामा २१ सदस्यीय निर्मल बहुमुखी क्याम्पस (अनेरास्ववियु) कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्ष सुदिप उप्रेती,सचिव कुमारी बल, सह—सचिव राज कुमार ब्लोन,सागर डोटेल,सुशान्त भण्डारी, ,कोषाध्यक्ष उमा बिडारी चयन भएका छन् । सो कमिटिको सदस्यहरु विकेश अर्याल,ललिता ओली,संजिता सापकोटा,कृपा न्यौपाने,रिना मोक्तान, विनिता सुनार,प्रतिमा सुवेदी,पुस्पा न्यौपाने,सुजता गौतम,सपना गौतम,युवराज सिन्तान,प्रशान्त भण्डारी लगायत चयन भएका छन् ।
कार्यक्रममा अनेरास्ववियु सचिवालय सदस्य किसन घिसिंङ, केन्द्रीय सदस्य आषिश अस्लामि मगर, राष्ट्रिय परिषद् सदस्य नवीन मिश्र र भुवन मैनाली, अनेरास्ववियु मकावनपुर जिल्ला अध्यक्ष विशाल पौडेल,नेकपा एमाले जिल्ला कमिटि सदस्य विष्णुहरी पण्डित लगायत जिल्ला कमिटी लगायत अन्य विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।