हेटौंडाको बुद्धचोकबाट क्याम्पाडाँडा सम्म भएको ६ किलोमिटर दौड प्रतियोगितामा हेटौंडा–१४ को डेबिट मिजार प्रथम भएका छन् ।
हेटौंडा रन प्रतियोगितामा हेटौंडा १४ का डेबिट मिजार प्रथम
यस्तै हेटौंडा–१३ को अम्रित सुनार द्वितीय भए भएको छ भने सोही स्थानको शशीप्रसाद विश्वकर्मा तृतीय भएका छन् । उनीहरुलाई हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले पुरस्कार वितरण गरेको थियो । प्रथम हुने मिजारले १५ हजार, द्वितीय भएका सुनारले १० हजार र तृतीय हुन सफल भएका विश्वकर्माले ७ हजार रुपैयाँ प्राप्त गरेको हो ।
दौड प्रतियोगितामा विजेता हुँदा आफुलाई गौरव महशुस भएको डेबिट मिजारले बताएका छन । यसअघि पनि विभिन्न दौड प्रतियोगितामा सहभागि बन्दै आएका मिजारले प्रतियोगिताले आफुभित्र भएको क्षमताको प्रदर्शन गर्न सहयोग पुगेको बताए । आज बिहान भएको दौड प्रतियोगिताको हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले जर्सी बितरन गरि तथा सिट्टी बजाएर सुरुवात गरेको थियो ।
यस्तै हेटौंडा रन प्रतियोगितामा महिला सहभागीतामा हेटौंडा १३ का आर्थी भुजेल प्रथम भएकी थियिन भने दृतियमा हेटौंडा ११ का अमृता मोक्तान भएकी छिन । साथै तेस्रो स्थानमा रुबि भुलन ढुंगाना भएकी थियिन । प्रतियोगितामा सहभागी सबैले प्रमाणपत्र हासिल गरेका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो भने हेटौंडा उपमहानगरकि उप प्रमुख मिनाकुमारी लामाको बिशिस्ट आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा नगर खेलकुद बिकास समितीका अध्यक्ष चन्द्र शाही तथा हेटौंडा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थिती रहेको थियो ।