जनसाँस्कृतिक महासंघ मकवानपुरद्वारा चियापान कार्यक्रम सम्पन्न
राष्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरको आयोजनामा विजयादशमी लगायतका नजिकीदै गरेको सम्पूर्ण चाडहरूको अवसरमा चियापान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश कमीटी ईन्चार्ज डोरमणी पौडेलले राष्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरले
बिगत लामो समयदेखि नै जिल्लामा विविध सांस्कृतिक मनोरन्जनात्मक एवम् सचेतनामुलक कार्यक्रमहरू समय समयमा गर्दै आएको र समाजलाई कोभीड १९ को सङ्क्रमणको समयमा समेत जनमानसमा राम्रो छाप छोड्न सफल रहेको बताएका छन्।
आगामी दिनमा कार्यक्रमहरू निरन्तर रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुहुँदै विजयादशमी तथा नजिकीदो सम्पूर्ण चाडहरूको अवसरमा चियापान कार्यक्रममा सबै नेपालीजनमा शुभकामना व्यक्त गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरका ईन्चार्ज आशाकाजी श्रेष्ठ, कलाकारहरु रविन्द्र चेपाङ, पेमा थापा, पम्फा मगर , घनश्याम ढकाल ,किसु थापा, चन्द्रा देवी लामा, अनिल लामाले गायन प्रस्तुत गर्नुभएको थियो त्यस्तै
रचनात्मक प्रस्तुति तर्फ ह्याग्रीव आचार्य, छवि अनित्य लगायत अन्य कलाकारको प्रस्तुति रहेको थियो।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य तथा सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, नेकपा एमाले पार्टी जिल्ला अध्यक्ष बद्री लम्साल, उपाध्यक्ष गोपाल श्रेष्ठ, सचिव एकलाल श्रेष्ठ,नेकपा एमाले जिल्ला सचिवालय सदस्य नवीन सिग्देल, सचिवालय सदस्य फुरवा दोर्जे लामा, नेकपा एमाले जिल्ला कमिटी सदस्य सुनिल मुक्तान,राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय प्रतिनिधि धर्म लामा, मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सदस्य रमिला घलान, जिल्ला खेलकुद महासंघका अध्यक्ष सबिन मुक्तान, नगर खेलकुद विकास समिति हेटौंडा का अध्यक्ष चन्द्र शाही, अखिल फोर्स मकवानपुरका प्रमुख मनिष मान श्रेष्ठ. भिमविराग स्मृति प्रतिष्ठानका अध्यक्ष हेटौंडा मकवानपुरका वरीष्ठ संङ्गीत्कार परमेन्द्र महर्जन,
साहित्यकार काल ज्यामी र राष्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरका सहईन्चार्ज मेम्वर लो लगायतले मन्तव्य व्यक्त गरेको थियो।
कार्यक्रम रास्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरका अध्यक्ष राजु राम राउतको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका सचिव रेश्मी कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम रास्ट्रिय जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य मसान उपासकले सन्चालन गर्नुभएको हो।