भारतीय बजारमा नेपालको बिजुली

लोकखबर
१९ कार्तिक २०७८, शुक्रबार ११:१६

लामो प्रतीक्षापछि नेपालको बिजुली भारतीय प्रतिस्पर्धी बजारमा बिक्री हुने भएको छ । भारतको इनर्जी एक्सचेन्ज ९आईआईएक्स०मा सहभागी हुन नेपाल विद्युुत् प्राधिकरणले गरेको प्रस्ताव भारतको विद्युत् मन्त्रालयले अनुमोदन गरेपछि नेपालको बिजुलीले भारतमा प्रवेश पाएको हो । यो सँगै नेपालको अन्तर देशीय विद्युत् व्यापारमा नयाँ आयाम थपिएको छ ।

पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा रहेको नुवाकोटस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् आयो जना र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न अनुमति दिइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

यस्तो अनुमति पाउने नेपाल दक्षिण एसियामै पहिलो देश हो । सरकारले ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत् गृहबाट उत्पादित विद्युत् पनि भारतीय बजारमा बिक्रीका लागि सूूचीकृत गर्न प्रस्ताव पठाएको छ । समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु