र्‍यापर लाउरेलाई ८ दिन हिरासतमा राख्न अनुमति

लोकखबर
१६ पुष २०७८, शुक्रबार १६:४२

काठमाडौं । र्‍यापर लाउरे भनेर चिनिने आशिष राना मगरलाई जिल्ला अदालत कास्कीले ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले उनीसँगै पक्राउ परेका ४ जनालाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

बुधवार प्रहरीले पोखराको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको थियो । लाउरे भनेर चिनिने आशिष रानामगर चर्चित र्यापर हुन् । उनीसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ छन् । पोखरा घर भएका लाउरेलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको कास्कीका एसपी रमेश थापाले बताए ।

आरोपीहरुको साथबाट १३ दशमलब १ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । ब्राउन सुगरसहित सो लागुऔषध जोख्न प्रयोग गरिने तराजु पनि बरामद गरिएको प्रहरीको भनाई छ । लाउरे रियालीटी शो हिमालय रोडिजका निर्णयक हुन् । ब्राउन सुगर बेचबिखनमा लाउरेको संलग्नताबारे अनुसन्धान भइरहेको एसपी थापाले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*