सपना आँखा बन्द गरेर हैन खोलेर देख्नु पर्छः धर्म राज विश्वकर्मा
१८ वर्षका उमेरमा घर छाडेर हेटौंडा आएका धर्म राज विश्वकर्मा (धनगहतराज) २४ वर्षको उमेरमा नै हेटौंडामा घर बनाउन सफल भएका थिए । हेटौंडा बजारमा घर जग्गा जमिन भएको व्यक्तिहरुको सूचिमा पर्ने एकधर्म राज विश्वकर्मा पनि हो । उनको पुरानो घर सरिखेतपलासे हो। त्यपछि मनहरी ज्यामिरे बसोबास गर्न आएका थिए । उनको हालको घर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थितमा रहेको छ । उनी कसरी यति छिटो आफ्नो सपनालाई सफल बनाउन सक्ने भए ? कुन कामबाट उनको व्यवसायीक यात्रा सुरु भयो ? अहिले कुन कुन व्यवसायमा संलगन रहेका छन् भन्ने विषमा लोक खबर डटकमका सम्वाददाता रन्धिर साहले गरेको कुरा कानीको केही सम्पादीत अंश ।
तपाईको सुरुवाती यात्रा कस्तो रहयो ?
मेरो सुरुवाती यात्रामा मैले पनि धेरै किसिमका समस्याहरु तथा चुनौतिहरुको सामना गरेको थिँए । म घरबाट केही गर्ने उदेश्यले हेटौंडामा करिब १८ वर्षको उमेरमा आएँ । मैले न त केही सिप सिकेको थिएँ भने नत अध्ययनै गरेको थिएँ । त्यसकारण मैले धेरै समस्याहरुको सामना गर्नु परेको थियो । तर, मैले देखेको सपनाले मलाई कहिले सान्त बस्न दिएन। काम खोज्ने क्रममा केही दिनपछि मैले एउटा आर्टिफिसियल गहना पसलमा काम पाएँ । त्यो नै मेरो जीवनको पहिलो सुरुवाति काम हो । त्यहाँ करिब १६ वर्षसम्म मैले श्रम गरेर सिप सिकेँ ।
तपाईले कसरी २४ वर्षकै उमेरमा हेटौंडामा घर किन सक्नु भयो ? कसरी यति छिटो आफ्नो सपनालाई सफल बनाउने बाटोमा जानु भयो ?
मैले सपना आँखा बन्द गरेर हैन खोलेर देखेका थिएँ। म घरमा अब केही बनेर नै फर्किने सोचले हेटौंडा आएँ । सायद् सोही कारणले मैले आफ्नो कामलाई नै सबै कुरा मानेर मेहनत गर्दै गएँ । एक दिन पसलमा दुई जना व्यक्ति आए र जमिन बेच्ने कुरा साउसंग गर्दै थिए। त्यो बेला मसंग केही रुपैयाँहरु थियो । र अलिकति रकम साथिहरुसंग सहयोग लिएर मैले जग्गा किनेँ । पछि त्यहाँ घर बनाएँ । यो सबै मेरो मेहनतको फलनै हो ।
अहिले कुन कुन व्यवसायमा संलग्न रहनु भएको छ ? र व्यवसायको अवस्था कस्तो छ ?
अहिले मेरो हेटौंडा १० स्थित टिसिएन रोडमा अनुग्रह गहना पसल र हेटौंडा ४ स्थित होटल तुरही रहेको छ । तुरही होटल मैले करिब ४ वर्ष पहिला संचालनमा ल्याएको हुँ । करिब २ वर्षदेखि कोरोना भाइरसको जोखिमका कारण हामीले धेरै समस्याहरु भेग्यौँ तर, अहिलेको अवस्था राम्रो रहेको छ ।
गहनाको काम गर्दागर्दै कसरी होटल व्यवसायमा संलग्न हुनुभयो ?
हो मेरो पहिलो वयवसाय गहनानै हो । तर, हामी व्यवसायी हौँ। जुन काममा हामी संतुष्ट हुन्छौँ त्यही व्यवसायमा हामी रमाउँने गछौँ । पछि मलाइ होटल व्यवसाय गर्न मन लाग्यो अनि यो पेसामा संलग्न भएँ ।
होटल व्यवसायीले पालना गर्नु पर्ने नियमहरु के के छन् । र तपाईंले कतिको पालना गर्नु भएको छ नियमहरु ?
होटल व्यवसायीहरुले पालना गर्नु पर्ने नियम धेरै छन् । जस्तै रुम रेन्ट (भाडा) मा दिनु भन्दा पहिला व्यक्तिको विवरणको रुपमा नागरीता, विवाह दर्ता र आपसि सम्बन्धहरु बारे सोधेर मात्र रुम दिने आदि नियमहरु छन्। र सोही नियमको पालना हामी सबै होटल व्यवसायीले गर्ने गरेका छौँ ।
होटल व्यवसाय गर्न चाहने व्यक्तिहरुलाई के सुझाव दिन चाहनु हुन्छ ?
अहिले यो क्षेत्रमा पनि प्रतिश्पर्दा धेरै छन् । तर, होटल व्यवसायमा आउनु भन्दा पहिला यसको बारेमा अध्ययन गरेर आयो भने धेरै राम्रो हुन्छ । साथै यो क्षेत्रमा सहि ढंगले लागर्ने व्यक्तिहरुको जीवन स्तरपनि उकासीएको छ । जे काम गर्न गईरहेका छौँ, त्यो काम बारे राम्ररी बुझेर र निरन्तर लागि रहे सफलता अवश्य पाउन सकिन्छ ।