जीवनको नाम नै संघर्ष हो: रन्धिर

लोकखबर
१९ माघ २०७८, बुधबार २३:४७

मधेस प्रदेश नम्बर-२ को रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर-६, कर्कचमा जन्मिएका रन्धिरप्रसाद गुप्ता (रन्धिर साह) ले जनता माध्यमिक विद्यालय कटहरीयाबाट एसएलसी (एसईई) गरेका छन् । करिब ४ वर्षदेखी हेटौंडामा अध्ययन गरिरहेका साह हेटौंडा उपमहानगरपालिका वडा नम्बर-२, मकवानपुर बहुमुखी क्याम्प्समा मानवीय सन्कायबाट प्लस टु उत्तिर्ण गरेर अहिले सोही क्याम्पसमा बीए स्नातक प्रथम वर्षमा अध्ययनरत छन् । दुई वर्षदेखि संचारकर्मीका रुपमा आफूलाई चिनाउन थालेका साह अहिले मकवानपुरको हेटौंडाबाट मध्यस्थता मिडिया प्रालिले सञ्चालन गरिरहेको ‘लोकखबर डटकम’ नामक अनलाईन पत्रिकामा संवाददाताका रुपमा क्रियाशील छन् । यिनीसंग हामीले जीवन, भोगाई, मायाप्रेम आदिका विषयमा छोटो कुराकानी गरेका छौं ।

१.तपाईंको नाम रन्धिर । नामको अर्थ चाँही के होला ?

नामको अर्थभन्दा जीवनमा कामको अर्थ महत्वपूर्ण हुन्छ । तर पनि मेरो आमा बुबाले मेरो नाम राजा महाराजाको नाम हो । यो नामका व्यक्तिले सधै जीवनमा संघर्ष तथा सकारात्मक उर्जा बोकेको हुन्छ । ‘रन्’ भनेको जीवनमा कुदिरहने र ‘धीर’ भनेको विनम्र तथा सान्त मन भएको भन्ने लागछ ।

२.अनि आजभोली के मा व्यस्त हुनुहुन्छ ?

मकवानपुर बहुमुखी क्याम्पसमा वीए प्रथम वर्षमा अध्ययनरत छु । पत्रकारिता, समाजशास्त्र र अङ्ग्रेजी मेरो विषय हो । आजभोली यही हो परीक्षाको तयारी तथा काममै व्यस्त रहेको छु ।

३.तपाईले आमसञ्चार तथा पत्रकारिता विषयमा अध्ययन गर्नुभयो, मिडियाको अनुभव लिनुभयो । भविष्यमा चाँही के बन्ने सोच छ नि ?

अध्ययन जे विषयमा गरिन्छ जीवनलाई त्यस्तै क्षेत्रमा अगाडी बढाउनुपर्छ भन्ने मलाई लाग्छ । म यो क्षेत्रलाई नै निरन्तरता दिने सोचमा छु । यो क्षेत्रमा काम गरेपछि समाजका लागि केही योगदान दिन सक्छु भन्ने पनि मलाई लाग्छ ।

४.आफ्नो कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट नै छु । मेरो काम मलाई असाध्य प्यारो लागछ । साहेद सोही कारणले म यो क्षेत्रमा नै बस्न चाहन्छु ।

५.तपाई यो क्षेत्रमा कसरी आउनुभयो ?

म सानो देखिनै धेरै बोल्ने गर्थे । सार्थीहरुले नी तिमी त पत्रकारिता क्षेत्रमा जाउ भन्थे । साथै मेरो सानै देखीको सोच नै समाजमा केही गर्नुथियो । र पछि क्याम्प्स पढ्दै गर्दा यो क्षेत्रमा रुची भयो ।

६.जीवन भोगाईका सुख, दुःखका अविष्मरणीय क्षणको कुरा गरौं न । हालसम्मको जीवन भोगाईमा सबैभन्दा खुशी अनि सबैभन्दा दुःखी भएको क्षण कुन हो ?

मेरो जीवनमा खुशी अनि दुःखका पलहरु धेरै छन् । सानो उमेरमै मेरो ठूलो दाई र आमाको निधन भयो । त्यसपछि त मेरो तथा मेरो घरको दुःखको समय सुरु भएको थियो । अहिले पनि त्यस्तै छ । तर, म आफ्नो साथीहरु संग हुँदा धेरै नै खुशी हुन्छु । मेरो अर्को दाई पनि सार्थी जस्तै हुनुहुन्छ । हामी दुई जनाबीचको सम्बन्ध धेरै राम्रो रहेको छ ।

७.हालसम्मको जीवन भोगाई, अनुभवका आधारमा भन्नुपर्दा जीवन भनेको के हो जस्तो लाग्छ ?

जीवन एक सङ्घर्ष हो । चुनौती हो । अनि यात्रा पनि हो जस्तो लाग्छ ।

८.मायाको कुरा गरौं । सबैभन्दा बढी माया कसको लाग्छ ?

मलाई त साथीहरु र घरपरिवारको सबैभन्दा बढी माया लाग्छ ।

९.अहिले घरबाट अलि पर रहेर काम गर्नुपर्दा कस्तो लागिरहेको छ ?

अध्ययन र काम गर्ने भनेपछि सधैं घरमा बस्ने वातावरण नमिल्दो रहेछ । बाहिरी जिल्लामा आएर पनि सेवा गर्ने अवसर मिलेकोमा खुशी लागेको छ । कति दाजुभाई, दिदी बहिनी विदेशमा गएर त दुःख गर्नुभएको छ । म त मेरै मातृभूमी अनि नेपालीकै सेवामा व्यस्त रहँन पाउँदा गर्व लाग्छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*