रौतहटको जयनगरमा फर्निचर मेला सुरु
मकवानपुर । मधेस प्रदेश नं.२ को रौतहटको जयनगरमा फर्निचर मेला सुरु भएको छ । चन्द्रनिगाहपुर–गौर सडकखण्ड अन्तर्गत जयनगर चोकमा फर्निचर मेला सुरु भएको हो ।
लामो समयदेखि बसन्त पञ्चमीको अवसरमा रौतहटको धार्मिकस्थल शिवनगर महादेव स्थानमा लाग्ने मेलासँगै गरुडा नगरपालिका–१ स्थित रहेको जयनगरमा काठका फर्निचर तथा कृषि कार्यमा प्रयोग हुने सामानको मेला लाग्दै आएको बासिन्दाहरुको भनाइ छ ।
लामो समयदेखि वर्षेनि लाग्दै आएको फर्निचर मेलामा रौतहटका विभिन्न ठाउँका साथै छिमेकी जिल्ला सर्लाही र बाराका श्रमिक–ब्यवसायीहरुले महिनौँदेखि घरमै निर्माण गरेका विभिन्न जातका काठको फर्निचर मेलामा बिक्रीका लागि ल्याउने गरेका छन् ।
साल, सिसम, टिक, मसला र आँप लगायत विभिन्न जातको काठबाट निर्मित पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, बेन्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज, सोफा, किचन र्याक तथा बालबालिकाका खेलौनालगायत घरायसी प्रयोजनका करिब सबै प्रकारका फर्निचरहरु मेलामा उपलब्ध हुने गरेको स्थानीय बासिन्दाले बताए ।
साथै मेलाको अवधी पनि लामो समयसम्म रहेको र मेलामा नाच गानसहित विभिन्न किसिमको प्रयोगमा हुने गरेको बताए ।