हेटौंडा उपमहानगरपालिकाको लगानीमा गार्मेन्ट उद्योग

लोकखबर
१९ असार २०८०, मंगलवार १३:०९

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको दुई वटा वडामा गार्मेन्ट उद्योग संचालन सुरु गरेको छ ।
उपमहानगरपालिकाको आर्थिक सहयोगमा हेटौंडाको ५ र १८ नम्बर वडामा गार्मेन्ट उद्योग स्थापना गरिएको हो । स्थानीयलाई स्वरोजगार बनाउँनका लागि गार्मेन्ट उद्योगमा आफूहरुले लगानी गरेको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा बताउँछिन् । हेटौंडा ५ को हेटौंडा गार्मेन्ट समूह र १८ नम्बरको हर्नामाडी स्वरोजगार महिला गार्मेन्ट उद्योगले व्यवस्थापन गरेको छ ।
गार्मेन्टमा पहिलो चरणको बेसिक सिलाइ कटाई तालिम लिएकाहरुलाई थप तालिम दिर्दै रोजगारीको अवसर उपमहानगरले दिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*