माघ १६ बाट हेटौंडामा गोल्डकप फुटबल प्रतियोगिता

लोकखबर
५ माघ २०८०, शुक्रबार १८:५५

मकवानपुर । माघ १६ बाट हेटौंडामा स्थानीय तह छैठौं सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८० हुने भएको छ ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा माघ २७ सम्म हुने प्रतियोगितामा आयोजकसहित आठवटा ए डिभिजन, एउटा विदेशी, दुईवटा मोफसलका क्लब सहभागी जनाइएको छ ।

प्रतियोगिता हेटौंडा–६ स्थित गौरिटार रंगशालामा हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख, उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने आयोजकको भनाई छ । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई करिब ५ लाख रुपैयाँ बराबरको बुलेट मोटरसाइकल प्रदान गरिने भएको छ ।

प्रतियोगितामा विधागतरुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई दशहजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ आयोजक जिल्ला फुटबल संघ मकवानपुर अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*