हेटौँडा ११ बाट २ जना पक्राउ

लोकखबर
४ चैत्र २०८०, आईतवार ११:२६

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ सरस्वती चोकबाट २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई अवैध लागूऔषध गाँजा २३ किलोसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० नामटार घर भई हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ बस्ने २५ वर्षीय मदन तामाङ र ३८ वर्षीया शर्मिला भोलन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र. ०३००३ प ७७७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*