मुख्यमन्त्री जम्कट्टेलको नेतृत्वमा ८ मन्त्रीहरुले बागमती प्रदेश सरकार चलाउँदै

लोकखबर
२० चैत्र २०८०, मंगलवार ११:३६

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री पदमा तेस्रो पटक विश्वासको मत पाएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वमा ८ मन्त्रीहरुले बागमती प्रदेशको सरकारलाई अगाडि बढाईरहेका छन् । पछिल्लो पटक एकिकृत समाजवादीकी रिता आले मगरले मन्त्री पदमा आज सपथ ग्रहण गरेसँगै बागमतीको मन्त्रिपरिषदको सदस्य संख्या ९ पुगेको हो ।

अहिले मुख्यमन्त्री जम्कट्टेलले बागमतीको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँगै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी उर्जा तथा सिँचाई मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

त्यस्तै मन्त्री जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालय, मन्त्री गंगा नारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मन्त्री कुमारी मोक्तानले सामाजिक विकास मन्त्रालय, मन्त्री युवराज दुलालले भौतिक पूर्वाधार विकास मन्त्रालय , मन्त्री डाक्टर राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, मन्त्री लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालय र मन्त्री शैलेन्द्रमान बज्राचार्यले सँस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सम्हालिरहेका छन् ।

आज सपथ ग्रहण गरेकी मन्त्री रिता आले मगरलाई भने पछि जिम्मेवारी तोकिने गरी विना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गराइएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*