खैराङका विज्ञान शिक्षक सहनीको करेन्ट लागेर मृत्यू
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–९, खैराङ अठारेस्थित कालिका माविका विज्ञान विषय शिक्षक मनोज कुमार सहनीको करेन्ट लागेर मृत्यु भएको छ ।
बुधबार साँझ मधेश प्रदेशको रौतहट जिल्लाको गरुडा नगरपालिकास्थित आफ्नै घरमा पानी तान्न मोटर चलाउने क्रममा करेन्ट लागेर सहनीको मृत्यू भएको हो ।
निमावि तहमा राहत कोटामा कार्यरत शिक्षक सहनी १३ वर्षदेखि कालिका माविमा कार्यरत थिए ।