डढेलोको कारण मनहरी–२ मा विद्यूत अवरुद्ध,जलेका पोलहरु मर्मत हुँदै

चन्द्र घलान
२५ चैत्र २०८०, आईतवार १२:३१

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ स्थित स्थानीय जंगलमा लागेको डढेलोको कारण त्यस क्षेत्रको विद्यूत अवरुद्ध भएको छ । चैत २३ गते डढेलोले विद्यूतका पोल तथा तारहरुमा असर गरेको थियो ।

वडाअध्यक्ष राजकुमार पाख्रिनका अनुसार मनहरी २ को तिन्तले, मेलटोल, पानीघाट, ट्याङ्कीदमार, भिमान, सर्सिधाप, गोगनघारी, दोभान र घट्टेपाखा लगायतको टोलहरुमा विद्युत अवरुद्ध भएको हो ।

विद्युत सुचारू गर्नकालागि शनिबार हेटौंडा विद्युत प्राधिकरण, पदमपोखरी फ्युज शाखा तथा स्थानीयले दिनभर काम गरेता पनि विद्यूत सुचारु हुन नसकेको पाख्रिनले बताए ।

विद्यूत सुचारु गर्न लागि आईतबार पनि प्राधिकरण, फ्युज शाखा र स्थानीय टोली खटिएका छन् । डढेलोले जलाएका ६ वटा पोलहरुको ठाउँमा नयाँ पोल पनि राखिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*