अस्पताललाई पर्याप्त औषधि र उपकरण उपलब्ध गराउने स्वास्थ्यमन्त्री श्रेष्ठको प्रतिबद्धता
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले अस्पताललाई आवश्यक औंषधी र उपकरणहरु सक्दो उपलव्ध गराउने बताएका छन् । विहिबार मनमोहन स्मृति विकास केन्द्र दक्षिणकाली नगरपालिका ६ फर्पिङ्गको आयोजनामा २५ औँ मनमोहन स्मृति दिवस कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
‘‘अस्पतालमा बिरामी बढ्दै गएका कारण बेडको क्षमता बढाउनुका साथै डायलासिसका लागि मेनपावर उपलब्ध गराउन कोसिस गर्छु।’’ मन्त्री श्रेष्ठले भने, ‘‘गुठीबाट संचालित अस्पताल र सामुदायिक अस्पताललाई ऐनमा समेत राखिएको छ।’’
साथै मन्त्री श्रेष्ठले दक्षिणकाली नगरपालिका ६ स्थित अस्पतालको अनुगमन गरेका छन् । अनुगमनको क्रममा किरामीको स्वास्थ्यबारे बिरामीसंग प्रत्यक्ष भेटघाट गर्नुका साथै बिरामीलाई सिघ्र ूस्वास्थ्य लाभको कामना समेत गरेका छन् ।