कैलाश गाउँपालिका अध्यक्षको ह्याक भएको फेसबुक एकाउन्ट फिर्ता

लोकखबर
१७ बैशाख २०८१, सोमबार १३:४३

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको ह्याक भएको फेसबुक प्रोफाईल ह्याकरबाट फिर्ता ल्याइएको छ ।

अध्यक्ष मुक्तानका अनुसार आशिष मानन्धर, अष्ट्रेलियामा रहेका पारस भाई र रोशन खनाल लगायतको मदतले ह्याक भएको फेसबुक प्रोफाईल ह्याकरबाट फिर्ता ल्याउन सम्भव भएको हो । ह्याक भएको करिब २४ घण्टाभन्दा पछि उनको सामाजिक सञ्जाल ह्याकरबाट छुटाउन सफल भएको उनले बताएका छन् ।

गाउँपालिकाको कार्यालयले पनि अध्यक्ष मुक्तानको फेसबुक र ईन्ष्टाग्राम एकाउन्ट ह्याक भएको प्रष्ट पारेको थियो । गाउँपालिकाले गाउँपालिकाको आधिकारिक फेसबुक प्रोफाईलमार्फत एक सूचना जारी गर्दै अध्यक्ष मुक्तानको सामाजिक सञ्जालको एकाउन्ट ह्याक भएको जानकारी दिएको थियो ।

गाउँपालिकाले सूचनामा अध्यक्ष मुक्तानको एकाउन्ट ह्याक भएकोले त्यसबाट आउने म्यासेजहरुलाई रिप्लाईन नगर्न र सावधान रहन समेत आग्रह गरिएको थियो । अध्यक्ष मुक्तानको फेसबुक प्रोफाईल ह्याक गरी लोय मुख्तार नामक व्यक्तिको नाम राखिएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*