हेटौँडामा विद्यार्थी नेता छान्न चुनाव

लोकखबर
२२ बैशाख २०८१, शनिबार ०७:०१

मकवानपुर । बालबोध माध्यमिक विद्यालय हेटौंडा १७ मा विद्यार्थीहरूबीच विद्यालय नेता तथा उपनेता चयनका लागि मतदान सम्पन्न भएको छ ।

शुक्रबार विद्यालयमा आयोजित मतदानबाट विद्यालय नेतामा अविराज गौतम र उपनेतामा क्रिविना गोले चयन भएका छन् । कक्षा ४ देखि १० सम्मका २ सय १८ विद्यार्थीले भाग लिएको मतदान प्रक्रियामा गौतमले १ सय १४ र गोलेले १ सय १३ मत प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक दिपकलाल श्रेष्ठले जानकारी दिए ।

यसैगरी कक्षागत मनिटरमा कक्षा ४ बाट निरज घलान, कक्षा ५ बाट समर्पण मिश्र, कक्षा ६ बाट किर्तन ढुंगाना तथा कक्षा ७ बाट सुगम भूजेल निर्वाचित भएका छन् । कक्षा ८ का क्रिस्टिना गोले, ९ का रोहन विक र १० बाट आयुष पुडासैनी मनिटर चयन भएका छन् ।

विद्यार्थीहरूबीच आत्मअनुशासन कायम गर्नुका साथै कक्षाकोठा व्यवस्थापन र विद्यार्थीहरूबीच आइपर्ने विविध समस्या समाधानमा विद्यालय नेता, उपनेता तथा मनिटरहरूको महत्त्वपूर्ण भूमिका रहने प्रधानाध्यापक श्रेष्ठले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*