नेकपा (एकिकृत समाजवादी) हेटौँडा नगरको अधिवेशन जेठ २६ गते, विभिन्न समिति गठन

लोकखबर
२८ बैशाख २०८१, शुक्रबार १८:५७

मकवानपुर । नेकपा (एकिकृत समाजवादी) पार्टी हेटौँडा उपमहानगर कमिटिको अधिवेशन आउँदो जेठ २६ गतेका लागि तय गरिएको छ । हेटौंडा उपमहानगर नगर कमिटीको शुक्रबार हेटौँडामा बसेको १४ औँ बैठकले नगर अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशनका लागि आउँदो जेठ २१ गते सबै वडामा एकैपटक प्रतिनिधि छनोट गर्ने निर्णयसँगै बैठकले विभिन्न जिम्मेवारी बाँडफाँड समेत गरेको छ । बैठकले १ सय ११ सदस्यीय अधिवेशन आयोजक मुल समारोह समिति गठन गरेको छ ।

त्यस्तै राजनैतिक संगठानिक प्रतिवेदन उपसमिति, आर्थिक उपसमिति, स्वयम सेवक परिचालन उपसमिति, प्रतिनिधि व्यवस्थापन उपसमिति,आवास तथा खाना व्यवस्थापन उपसमिति, मञ्च तथा साँस्कृतिक व्यवस्थापन समिति, प्रचार प्रसार उपसमिति लगायतका उपसमितिहरु समेत बैठक बनाएको छ । अधिवेशनका लागि वडा तहसम्म पनि जिम्मेवारी बहन गर्न समेत बैठकले निर्देशन दिएको छ ।

नगर अध्यक्ष देवराज गौतमको अध्यक्षता र केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज राजाराम स्याङ्तानको प्रमुख आतिथ्यतामा बैठक भएको हो । बैठकमा पार्टीका जिल्ला अध्यक्ष विष्णु दाहाल , जिल्ला उपसचिव एवम नगर कमिटि सह–इन्चार्ज कविन पन्त , उपसचिवद्वय टंक मोक्तान र किशोर बर्तौला लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*