हेटौँडा ११ मा टेलरिङ तथा ब्युटिसियन तालिम शुरु

लोकखबर
२ जेष्ठ २०८१, बुधबार २१:२९

मकवानपुर । मकवानपुरको हेटौंडामा ११ मा टेलरिङ्ग तथा ब्युटिशियन तालिमको शुरूवात भएको छ । बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलले पानसमा बत्ती बालेर तालिमको उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पौडेलले तालिम पूरा गरेर आयस्रोतको बजारसंग जोडिन तालिममा सहभागीहरुलाई आग्रह गरे । सीप सिकेर उद्यमशिल भए आर्थिक रूपमा सबल हुने र रोजगारिताको लागि कसैको मुख ताक्न नपर्ने पौडेलको भनाइ थियो ।

यस्तै कार्यक्रमका अर्का अतिथी बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले तालिम पूरा नगरी रहर मात्र गर्नेहरुको लागि तालिमको आयोजना नगरिएको बताए । उनले तालिम प्रदायक संस्थालाई तालिममा कुनै कमि नगर्न समेत सुझाए ।

प्रदेश युवा परिषद बागमतीको आयोजनामा आयोजित तालिमको प्रदायक संस्था युनाइटेड टेक्निकल ट्रेनिङ एजुकेसनल प्रा.लि. काठमाडौ रहेको छ । संस्थाले देसैभरी सिपमुलक तालिम प्रदान गरिरहेको संस्थाका कार्यकारी निर्देशक केदार बास्तोलाले जानकारी दिए । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाको समन्वयमा शुरु भएको तालिममा ४० जना सहभागी छन् । वडाअध्य्क्ष जुना दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*