हेटौँडा खानेपानीको ११ औँ वार्षिक उत्सव सम्पन्न
मकवानपुर । मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा खानेपानी व्यावस्थापन बोर्डको ११ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
कार्यक्रमको हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले बिरुवा रोपेर उद्घाटन गरेकी थिईन् । खानेपानी व्यवस्थापन बोर्ड आजबाट ११ वर्ष पुगेको हो ।
कार्यक्रममा खानेपानी व्यवस्थापन बोर्डका सदस्य इन्द्र प्रसाद नेपालले बोर्डमा आएपछी गरिएका कामको विवरण जानकारी गराएका थिए । खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश कुमार बानियाँ, हेटौंडा–२ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोर्डले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ ।