अटो तथा इ–रिक्सा युनियन समाजवादी मकवानपुरको अध्यक्षमा कृष्णप्रसाद उप्रेती

लोकखबर
८ जेष्ठ २०८१, मंगलवार १७:१९

मकवानपुर । नेकपा एकीकृत (समाजवादी) पार्टी मकवानपुरको घटक संगठन एकिकृत अटो तथा इ–रिक्सा युनियन मकवानपुर समाजवादीको दोस्रो जिल्ला भेला सप्पन्न भएको छ ।

भेलाले कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति गठन गरेको छ । समििितको उपाध्यक्षमा प्रदिप प्रसाद सुवेदी , सचिवमा विश्वामित्र सापकोटा र कोषाध्यक्षमा विश्वराज सुर्खेतीलाई चयन गरेको छ । भेलाले खेमलाल कार्की , प्रकाश भट्ट , देवराज लामा , बासु राना मगर , किरण लामा , बिनोद कार्की , धनपती कुँवर लगायत लाई सदस्यमा चयन गरेको छ ।

सन्तोष ओझाको सभाध्यक्षता तथा पार्टीका जिल्ला अध्यक्ष विष्णु दाहालको प्रमुख आतिथ्यतामा हेटौंडा ४ स्थित एकिकृत समाजवादी पार्टीको सभाहलमा भेला भएको हो । कार्यक्रममा पार्टीका जिल्ला सचिव ध्रुव भुजेल , उपसचिव किशोर बर्तौला , ट्रेड युनियनका जिल्ला सदस्य दिपक बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*