हेटौँडा ११ मा बजेटका लागि योजना तर्जुमा गोष्ठी
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ को आर्थिक वर्ष २०८१र–०८२ को सिलिङ बजेट १ करोड ३८ लाख रुपैयाँमाथि योजना तर्जुमा गोष्ठी गरिएको छ ।
वडा कार्यालयको आयोजनामा विभिन्न दलका वडा अध्यक्ष तथा प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु , विद्यालयका प्रधानाध्यापक लगायतको सहभागितामा कार्यक्रम भएको हो ।
दलका वडा प्रतिनिधि , संघसंस्थाका सरोकारवाला व्यक्तिहरुले यति बजेटले विकासको काम सम्भव नभएको बताएका छन् । वडाध्यक्ष जुना दाहालले बजेटले भ्याएसम्म सबैको मागलाई सम्बोधन गर्ने बताइन् । शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र जनचेतनामा बढी जोड दिने अध्यक्ष दाहालको धारणा छ ।