कमेडी च्याम्पियनको फाईनलमा ऋषभ काफ्ले

चन्द्र घलान
४ असार २०८१, सोमबार ०८:०८

मकवानपुर । ‘कमेडी च्याम्पियन’ सिजन ३ का चर्चित प्रतियोगी ऋषभ काफ्ले सिधै फाईनलमा प्रवेश गरेका छन् । सेमिफाईनल राउण्डमा पफोमर अफ द राउण्ड जित्दै उनी फाईनलमा पुग्ने पहिलो प्रतियोगी बन्न सफल भएका हुन् । योसँगै उनले तेस्रो पटक पफोमर अफ द राउण्ड अवार्ड जितेका छन् ।

शोमा लगातार दमदार प्रस्तुति दिईरहेका ऋषभले उत्कृष्ट ४ अर्थात सेमिफाईनल राउण्डमा सम्बन्धहरुका विषयमा रहेर दमदार व्यङ्ग्य गरेका थिए । उनको व्यङ्ग्य मनपराउँदै शोका निर्णायकहरु र अतिथि निर्णायक तथा कार्यक्रम होष्टले गरी २५० भोट गोल्डेन भोटका रुपमा प्रदान गरेका थिए । उनलाई निर्णायकहरुले शोको विजेताका रुपमा समेत चर्चा गरेका छन् ।

ऋषभ सुनसरीका हुन् । उनले उत्कृष्ट ९ को प्रस्तुतिमा कर्मसिंह लामासँगै संयुक्त रुपमा पफोमर अफ द राउण्ड जितेका थिए । त्यसपश्चात उनले वाईल्ड कार्ड राउण्डपछि भएको उत्कृष्ट ६ को प्रस्तुतिका क्रममा र अहिले उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा पफोमर अफ द राउण्ड जितेका हुन् । यो सँगै उनले शोमा ३ पटक पफोमर अफ द राउण्ड अवार्ड जितेका छन् । स्टोरी टेलिङमा चर्चित रहेका ऋषभले निर्णायक र दर्शकहरुको मन जितेका छन् । अहिलेसम्म प्रत्येक प्रस्तुतिमा उनको प्रशंसा हुने गरेको छ । उनले आफ्नो प्रस्तुतिमा धेरै पटक गोल्डेन भोट प्राप्त गर्न सफल भएका छन् । हेर्नुहोस् भिडियो–

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*