पिडितको गुनासो सुन्न नेताहरु सिमलटारमा

लोकखबर
४ असार २०८१, सोमबार २२:०१

मकवानपुर । हेटौंडा ११ का ४०० केभी विद्यूत लाइन प्रशारण पीडितहरुको गुनासो सुन्न नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मकवानपुरका पदाधिकारीहरुले तदारुकता देखाएका छन् । माओवादी केन्द्रका प्रल्हाद लामिछाने , भिम पाख्रिन , कमलचन्द्र सुमन , बिवेक राई लगायतका नेताहरुले सिमलटार बस्तीमा पुगेका थिए ।

नेताहरुले पिडितहरुको गुनासो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामु पुर्याइदिने प्रतिबद्धता जनाएका छन्। माओवादी केन्द्रका ११ नम्बर वडा कमिटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा १२७ घरधुरीका प्रसारण लाइन पीडितहरुको सहभागिता रहेको थियोे । कार्यक्रमबाट जीवन गुरुङको अध्यक्षतामा नयाँ संघर्ष समिति समेत निर्माण भएको छ ।

पीडितहरुले उचित क्षतिपुर्तीको माग राख्दै आएका छन् । प्रसारण लाइन पीडितहरुले आफुहरुसंग कुनै सरसल्लाह नै नगरी विद्यूत प्रसारण लाइनको उद्घाटन गरेको कुराप्रति आफुहरु चिन्तित रहेको बताएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*