बनेलधापको तितुङको गोली लागेर मृत्यू
मकवानपुर । पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र शिकारीबीचको मुठभेड हुँदा हेटौँडाका एक जनाको मृत्यु भएको छ।
गस्तीमा रहेको सेनाले चलाएको गोली लागेर हेटौंडा उपमहानगरपालिका–१४ बनेलधापका अन्दाजी ५४ वर्षीय शुक्रबहादुर तितुङको ज्यान गएको हो ।
सेनाको टोली र शिकारीको समूहबीच निकुञ्ज क्षेत्रभित्र भुठभेड हुँदा गोली चलेको बताइएता पनि यसबारेमा थप जानकारी आएको छैन । सेनाले गोली चलाएपछि अन्य शिकारीहरु भने फरार भएका छन्।