हेटौँडाका ३० किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी तालिम प्रदान

लोकखबर
१० असार २०८१, आईतवार १३:५६

मकवानपुर । हेटौँडामा किशोरीहरुको आत्मरक्षा सम्बन्धि २ दिने तालिम सप्पन्न भएको छ । प्रदेश युवा परिषद बागमती जिल्ला युवा समिति, मकवानपुरको आयोजनामा शुक्रबारदेखि शुरु भएको तालिम सम्पन्न भएको हो ।

तालिममा ३० जना किशोरीहरुले भाग सहभागिता जनाएका थिए । जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रिनको सभाध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका पुर्व सांसद ओमबहादुर घलानले गरेका थिए । तलिममा सुजता भुजेल र विष्णु श्रेष्ठले सहजीकरण गरेका थिए ।

आत्मरक्षा सम्बन्धि तालिम महत्वपूर्ण भएकोले प्रदेशका १३ वटै जिल्लाका महिला र किशोरीहरुकालागि तालिम संचालनमा ल्याइएको प्रदेश युवा परिषद बागमती प्रदेशका कार्यालय प्रमुख रमेश घिमिरेले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*