कमेडी च्याम्पियन बने सुनिल खड्का, ऋषभ र सुयशा उपविजेता

लोकखबर
१७ असार २०८१, आईतवार १४:५०

मकवानपुर । काठमाडौँ दक्षिणकालीका सुनिल खड्का ‘कमेडी च्याम्पियन’ सिजन ३ का विजेता बनेका छन् । शनिबार साँझ भएको ग्राण्ड फिनालेमा सर्वाधिक भोट प्राप्त गर्दै सुनिल विजेता बनेका हुन् । सुनिल विजेता बनेसँगै सुनसरीका ऋषभ काफ्ले फर्स्ट रनर अप र नवलपरासीकी सुयशा खनाल सेकेण्ड रनरअप भएकी छिन् ।

विजेता बनेसँगै सुनिलले कमेडी च्याम्पियनको ट्रफी, २५ लाख रुपैयाँ नगद पुरस्कार र ४० लाख मूल्यको विद्यूतिय नेटा भी कार प्राप्त गरेका छन् । सुनिल अघि सिजन १ मा हिमेश पन्त र सिजन २ मा भरतमणि पौडेलले जित हासिल गरेका थिए ।

शोमा लगातार दमदार प्रस्तुति दिएका सुनिलले अन्तिम चरणमा फाईनलमा पुगेका अर्का २ चर्चित प्रतियोगीलाई उछिन्दै जित हासिल गरेका हुन् । २६ वर्षीय सुनिलले शोमा लगातार उत्कृष्ट प्रस्तुति दिएपछि धेरैले उनलाई सुरुदेखि नै विजेता दाबेदारका रुपमा चर्चा गरिरहेका थिए । सुनिल शोमा ३ वटा अवार्ड जित्ने पहिलो प्रतियोगी हुन् । उनले ३ पटक पर्फोमर अफ द विक अवार्ड जितेका हुन् । उनको संघर्षशिल कलाकार, ट्राफिक प्रहरी, किसान, झाँक्रीको गेटअपमा दिएको प्रस्तुति, सुपर स्टार लगायतका प्रस्तुतिहरु सर्वाधिक चर्चित बनेका थिए ।

हेर्नुहोस् भिडियो–

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*