भोईस अफ नेपाल सिजन ६ सुरु, यसरी दिनुहोस् अडिसन

लोकखबर
२७ असार २०८१, बुधबार १३:४४

मकवानपुर । द भोईस अफ नेपाल सिजन ६ को डिजिटल अडिसन अहिले धमाधम भईरहेको छ । सिजन ६ का लागि डिजिटल अडिसनमा सहभागी हुने तरिका निक्कै सजिलो छ । यसमा सहभागी हुन चाहनेहरुले ह्वाट्सएप वा हिमालय टिभीको एपमार्फत अडिसन दिनसक्छन् ।

डिजिटल अडिसन दिनका लागि ह्वाट्सएप नम्बर ९८१०१२४११० मा आफुले गाएको गीतको भिडियो र आफ्नो परिचय खुलाएर म्यासेज गर्न सकिन्छ । त्यस्तै हिमालय टिभीको एपबाट पनि त्यसमा भएको जानकारीहरु भरेर आफुले गाएको भिडियो क्लिप पठाउनुपर्ने भोईस अफ नेपाल टिमले जनाएको छ ।

भोईस अफ नेपालको अडिसनमा भाग लिन चाहनेहरुले १५ दिनभित्र आवेदन दिन सक्ने शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिएका छन् । शोमा १६ देखि ४० वर्ष उमेर समूहका नेपाली गीत गाउन सक्ने जोसुकैले सहभागी जनाउन पाउनेछन् । हाल द भोईस किड्स नेपाल प्रसारण भइरहेकोले यो सकिने बित्तिकै द भोईस अफ नेपाल सिजन ६ को ब्लाईण्ड अडिसन सुरु हुने बताइएको छ ।

द भोईस अफ नेपालमा अहिलेसम्म सिडी विजय अधिकारी, राम लिम्बु, किरण गजमेर, करण राई र बिनोद राई विजेता भईसकेका छन् । शोमा लोकप्रिय गायक प्रमोद खरेल निर्णायकका रुपमा दोहोरी रहेका छन् । यस पटक क–कसले निर्णायकको भूमिका निभाउँलान् त्यो भने हेर्न बाँकी नै छ । हेर्नुहोस् भिडियो– 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*