मदन भण्डारी प्रतिष्ठानमा डा.ज्ञवाली

लोकखबर
१७ आश्विन २०८१, बिहीबार ०६:३८

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका छन् ।
बागमती प्रदेश सरकारको बुधबार साँझको बैठकले पाल्पा निवासी डा.ज्ञवालीलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि चारवर्षे कार्यकाल पूरा गरी डा.विश्वराज जोशी बिदा भएपछि प्रतिष्ठानमा गत साउन १५ गतेदेखि उपकुलपति पद रिक्त थियो । उपकुलपतिका लागि डा.ज्ञवालीसहित सर्लाहीका डा.हरिबहादुर खड्का र काठमाडौँका डा. सुजन मानन्धरको नाम सिफारिस भएको थियो । उपकुलपति डा.ज्ञवालीले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ मेडिसिन क्लिनिकल फर्माकोलोजिमा स्नातकोत्तर गरेका छन् । उनी महाराजगञ्ज मेडिकल क्याम्पस ‘एशोसिएट प्रोफेसर’ समेत हुन् । डा.ज्ञवालीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिव भएर काम गरेका छन् ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारले पठाएका तीन जना सचिवलाई पदस्थापन गर्ने पनि निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रिक्त सचिव पदमा विदुर खनाल,प्रदेश नीति तथा योजना आयोगको सचिवमा केशवराज सुवेदी, प्रदेश लोकसेवा आयोगको सचिवमा तुलसीनाथ गौतमलाई जिम्मेवारी दिने निर्णय गरिएको उनले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*