दशैंमा दुःखद् खबर, करेन्ट लागेर हेटौंडामा दुई बालिकाको मृत्यु

लोकखबर
२६ आश्विन २०८१, शनिबार १८:१०

मकवानपुर । दशैंको यो बेलामा मकवानपुरको हेटौंडामा करेन्ट लागेर दुई जना बालिकाको मृत्यु भएको छ ।
करेन्ट लागेर हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा दुई बालिकाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
चिसापानी पश्चिम दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भई बालिकालाई करेन्ट लागेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–१ निवासी नौ वर्षीया र हेटौँडा उपमहानगरपालिका–१६ निवासी सात वर्षीया बालिका रहेका छन् ।
सँगै हिँडिरहेका बेला दुवै बालिकाले जमेको पानीमा अचानक टेक्न पुगेका थिए । त्यसपछि करेन्ट लागेर बालिका बेहोस भएका थिए । करेन्ट लागी बेहोस भएका बालिकालाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दियो ।
घटनाबारे थप अनसन्धान भइरहेको प्रहरीको भनाई छ । करेन्ट लागेर ज्यान गुमाएकाहरुको परिचय गोप्य राखिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*