हेटौंडा ९ मा कानूनी अनुशिक्षण
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का टोल विकास संस्थाका पदाधिकारी एवं सदस्यहरूको लागि समुदाय स्तरिय कानूनी शिक्षा अनुशिक्षण प्रदान गरेको छ ।
नगर समन्वय समिती, हेटौंडा उपमहानगरपालिकाले हेटौंडा उपमहानगरपालिका न्यायीक समितीको सहयोगमा एक दिने अनुशिक्षण गरेको हो ।
नगर समन्वय समितीका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । हेटौंडा ९ नम्बर वडा अध्यक्ष सुकराम केसी, न्यायिक समितिका सदस्य एवं नगर समन्वय समितीका सल्लाहकार ज्ञानबहादुर थापा, ९ नं वडा सदस्य कमला पौडेल, टोल विकास संस्था नगर समन्वय समितिका, उपाध्यक्ष शान्ति श्रेष्ठ, महासचिव शिवहरि दाहाल, उपमहासचिव देवकुमार श्रेष्ठ, सचिव पुन्यवती घिमिरे, सदस्यहरु केशव अर्याल, उर्मिला राना, मेलमिलाप केन्द्रका संयोजक यदुवंश खतिवडा, ९ नं वडा समन्वय समितीका अध्यक्ष रमिला सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका कानूनी अधिकृत सुजन तिमल्सिना, अधिवक्ता शिव बन्जारा र अप्सरा बस्नेतले सहजीकरण गरेका थिए ।
कार्यक्रममा हेटौंडा ९ नं वडाका ६० जनाको सहभागिता थियो । यस खालका अनिशिक्षण हेटौंडा नगरका सबै वडाहरूमा गरिने नगर समन्वय समितीका महासचिव दाहालले जानकारी दिए ।