महिला उपचार शिविर सन्चालन

विदुर–ग्रामीण भेगमा रहेका महिलाहरुको सुविधाका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकाले महिला उपचार शिविर सन्चालन गरेको छ । शिविरवाट महिलाहरुको रोगको पहिचान गरि उपचार गरिने जनाइएको छ ।
महिलाहरूको स्तन क्यान्सर, अब्स्टेट्रिक, फिस्टुला, आङ्ग खस्ने समस्या, पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ शिविर सन्चालन गरिएको हो । विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तानतरण गर्दै मेयर जगतवहादुर गुरुङले शिविरको उद्घाटन गरे ।
मेयर गुरुङले महिलाहरुको रोग पहिचानका लागि वेलका्ेटगढी नपाले शिविर सन्चालन गरेको र यसवाट स्वास्थ्य सेवा लिन आग्रह गरे । उनले स्वास्थ्य उपचार मानवको पहिलो अधिकार भएका कारण यसको सम्वद्र्धनमा नपा क्रियाशील रहेको वताए ।
बेलकोटगढी नपा १ शेरा स्वास्थ्य केन्द्रबाट महिलाहरुको निःशुल्क स्वास्थय परिक्षण भइरहेको । सो शिविर यसअघि, वेलकोटगढी ९, १०, १२ र १३ वडामा सम्पन्न भइसकेको छ ।