केसीले दिए मन्दिरलाई गजुर

पन्चरक्त मिश्रित गजुर स्थापना गरियो
लोकखबर
१८ चैत्र २०८१, मंगलवार २१:४७

विदुर–नुवाकोटको सदरमुकाम विदुरमा रहेको एक मन्दिरका लागि पुर्वमन्त्रि तथा प्रतिनिधि सभा सदस्यले पन्चरक्त धाुतु मिश्रित गजुर प्रदान गरेका छन् । विदुर नगरपालिका २ विदुरमा निर्मित धनेश्वर महादेब (राधाकृष्ण) मन्दिरका लागि पुर्वमन्त्रि तथा प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले व्यक्तिगत रुपमा गजुर हस्तान्तरण गरेका हुन् ।
बिदुरमा आयोजित कार्यक्रममा केसीले मन्दिरका अध्यक्ष रघुनाथ सुवेदीलाई गजुर हस्तान्तरण गरे । केसीले नेपालको पहिचान तथा संस्कृति मठमन्दिर रहेको र यसले शान्ति र सद्भावका लागि सहयोग पु¥याएको वताए ।
करिव एक लाख रुपैया पर्ने ढलौट र लामासहित पन्चरक्त मिश्रित ढलौट मन्दिरमा राखिएको अध्यक्ष रघुनाथ सुवेदीले वताए । सो मन्दिर विदुर नपाको पांच लाख रुपैयाको लागतमा निर्माण गरिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*