संगीतकर्मी संघको अधिवेसन

विदुर– राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको सातौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशन सम्पन्न भएको छ । वट्टारमा सम्पन्न अधिवेसनले नयां कार्यसमिति चयन गरेको छ ।
अधिवेसनले छिरिङ तामाङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । आगामी दुई वर्षे कार्यकालका लागि संघको बरिष्ठ उपाध्यक्षमा उत्तम भण्डारी, प्रथम उपाध्यक्षमा सन्दीपसिंह तामाङ, महिला उपाध्यक्षमा रोजि रुम्बा, उपाध्यक्षमा जानुका तामाङ, सचिबमा पुजा तामाङ, कोषाध्यक्षमा मन्दाकिनी रिमाल, सह– कोषाध्यक्षमा सुनीता तामाङ र प्रवक्तामा बिमल गुरुङलाई चयन गरेको छ ।
संघको सदस्यहरुमा रमेश तामाङ, अनिशा तामाङ, प्रेम तामाङ, राधिका रिमाल, बिमला लामा, ठुलीमाया तामाङ, भीमसेन थापा, शेरप रुम्बा, निरज तामाङ, ठाकुर तामाङ र बिजय तामाङ चुनिएका छन् । यसअघि, राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको अधिवेसनको पुर्व सस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले उद्घाटन गरेका थिए ।
उनले संगीत, कला र संस्कृति एकअर्काका परिपुरक रहेका कारण गति संगीतले मानव जविनलाई सदैव सकारात्मक वनाउने वताए । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रमेशकुमार महत, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरी, नेकपा माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछाने अरुण, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, काङ्ग्रेस जिल्ला उपसभापति राजु थापा, राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय अध्यक्ष प्रकाश कटुवाल, उपमहासचिब मानबहादुर तामाङ, बागमती प्रदेश अध्यक्ष दावाफिन्जो तामाङलगायतले कला, संस्कृति र संगीतले मानिसलाई सदैव क्रियाशील वनाउने वताए ।