लिखुका कर्मचारीको निधन
गापामा शोक विदा

विदुर–नुवाकोटको लिखु गाउँपालिकामा कार्यरत एक जना कर्मचारीको निधन भएको छ । गापाले मंगलवार शोक विदा दिएको छ ।
लिखुमा शिक्षा प्राविधिक सहायक पदमा कार्यरत केशव अधिकारीको आकस्मिक निधन भएका कारण लिखु गापाले अधिकारीको निधनमा श्रद्धाञ्जली स्वरूप मङ्गलबार एक दिन शोक विदा दिने निर्णय गरेको छ । शोक विदाको दिन गाउँपालिकाको कार्यालयसहित वडा कार्यालयहरू, शैक्षिक र स्वास्थ्य संस्थाहरू पूर्ण रूपमा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टद्वारा जारी सूचनाम उल्लेख गरिएको छ ।
लिखु गाउँपालिकाले मृतक अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । शिक्षा प्राविधिक सहायक अधिकारीको क्यान्सरका कारण निधन भएको हो ।