चार स्थानीय तहमा वालविकास शिक्षा लागू

त्रिपक्षिय क्षमता विकासको योजना
लोकखबर
२४ चैत्र २०८१, सोमबार २०:१८

विदुर–शिक्षक, अभिभावक र विद्यार्थी त्रिपक्षिय क्षमता विकासको योजनासहित नुवाकोटका चार स्थानीय तहमा वालविकास शिक्षा कार्यक्रम सनचालन भएको छ । सो कार्यक्रम शैक्षिक शत्र २०८२ देखि सन्चालन हुने तयारी पुरा भएको छ ।
नुवाकोटको शिवपुरी, ककनी, पञ्चकन्या र तारकेश्वर गाउँपालिकामा उक्त कार्यक्रम लागु भएको हो । शिक्षक, अभिभावक र विद्यार्थीलाई क्षमता अभिवृद्धि गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।
‘नेपालमा बालबालिका, अभिभावक र शिक्षकद्वारा विद्यालय तयारी कार्यक्रमको अन्तराल हटाउने र विस्तार गर्ने कार्यक्रम परियोजना’ कार्यक्रम शैक्षिक सत्र २०८२ देखि लागू हुने गरी चार स्थानीय तहमा रहेका विद्यालयहरुमा प्रारम्भिक बालविकास शिक्षा (इसिडी) सुधारको लागि कार्यक्रम सन्चालन गर्ने भएको हो । विदुरमा आयोजित बालविकास र पुर्वप्राथमिक शिक्षा सम्बन्धि जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा गोल्डेन कम्युनिटी संस्थाकी प्रबन्धक निर्देशक रेजिना गुरुङले उक्त जानकारी दिइन् ।
कार्यक्रम शिक्षक, अभिभावक र विद्यार्थीलाई क्षमता अभिवृद्धि सम्वन्धि तालिमसमेत दिइने लक्ष्य रहेको छ । संस्थाले आवश्यक प्रशिक्षणको साथै स्रोत उपलब्ध गराउने छ ।
कार्यक्रममा शिवपुरी गापाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले प्रारम्भिक बाल विकास शिक्षामा भौतिक पूर्वाधारमा जोड दिनुपर्ने बताए । विद्यालयको शैक्षिक सुधार, शैक्षिक सामग्री, मानवस्रोत, खाजालगायतको व्यवस्थापनका लागि गाउँपालिकाले कार्य गर्दै आइरहे पनि गोल्डेन कम्युनिटीको उक्त परियोजनाले समग्र जिल्लाको शैक्षिक क्षेत्र सुधार हुने अपेक्षा गरेका छन् ।
सोही कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गौरीशङ्कर पाण्डेले प्रारम्भिक बालविकास र शिक्षा सम्बन्धि धारणा प्रष्ट पारेका थिए । उनले पूर्व प्राथमिक तहका शिक्षा सम्बन्धि दैनिक कार्य तालिका, शैक्षिक सत्र २०८२ को कार्यक्रम, सिकाईमा सुधारको अवसरलगायतका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका रामचन्द्र इटनीले उक्त परियोजनाबाट नुवाकोट र धदिङ जिल्लाको शैक्षिक सुधारको लागि सहजीकरण हुने बताए । संस्थाका कार्यक्रम अधिकृत नेत्रलाल सुनारले परियोजना अन्तर्गतको मुख्य क्रियाकलापहरु जिल्लास्तरीय अभिमुखीकरण, तालिम पुस्तिकाको विकास र अनुकुलन, अभिभावक सहजीकरण पुस्तिकाको अनुकुलन, प्रशिक्षणको योजना, तालिम र अभिभावक सत्र सञ्चालन कार्यक्रमको जानकारी दिएका थिए ।
सहभागीहरुलाई कार्यक्रम अधिकृत हनी मल्लले परियोजनाको बारे थप जानकारी दिइन् । कार्यक्रममा चार स्थानीय तहका शिक्षा प्रमुख, विद्यालयका प्रधानाध्यापकहरु र शिक्षकहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*